आइतवार, आश्विन २५ गते २०८३

मन्त्रीपरिषद् विस्तारको तयारी तिव्र, रामकुमारी झाँक्रीसहित को–को बन्दै छन् मन्त्री?

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं। औपचारिकरूपमा एमाले विभाजन भएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले झण्डै डेढ महिनापछि पूर्णता पाउने भएको हो। 

प्रधानमन्त्री देउवाले शुक्रबारभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका हुन्। सरकारलाई पूर्णता दिन सत्तारुढ दलका नेताहरुले आजदेखि गृहकार्यलाई फेरि तिव्रता दिन लागेका छन।

नेपाल समूहले निर्वाचन आयोगबाट नेकपा एकिकृत समाजवादी पार्टीको मान्यता हिजो पाएको छ। हिजो नै जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्थ ठाकुर नेतृत्वको समूहले पनि लोकतान्त्रीक समाजवादी पार्टीको मान्यता पाएको छ।

नयाँ दुवै पार्टी सहित काँग्रेस, माओवादीलगायतका पार्टीहरुले सरकारमा पठाउने मन्त्रीहरुको नामावलीका बारेमा आजबाट फेरि छलफल गर्न लागेका हुन । एकिकृत समाजवादी पार्टीका नेता बेदुराम भूसालले आज सरकारमा सहभागीताका बारेमा छलफल हुने र भोली मन्त्रिपरिषद् विस्तार हुने संभावना रहेको जानकारी दिए।

उनले सरकारमा जाने बारे सायद आज बेलुका टुंगो लागेर भोली विस्तार हुने बताए। एकिकृत समाजवादीले संभवत: ६ मन्त्रालय पाउने छ। सरकारमा एकीकृत समाजवादी पार्टीले ६ मन्त्री र एक राज्यमन्त्री पाउने मोटामोटी सहमति भइसकेको छ।

नेपालले रामकुमारी झाँक्रीको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने मनस्थितिमा छन्। तर केहीले भने नेतृ झाँक्रीलाई उपसभामुख बन्न प्रेरित गरिरहेकी छन्। झाँक्री भने शिक्षामन्त्री बन्ने मनस्थितिमा रहेको बुझिएको छ।

एकीकृत समाजवादीबाट प्रेमकुमार आले, मेटमणि चौधरी, खिमलाल देवकोटा, निरादेवी जैरु मन्त्री बन्ने सूचीमा छन्। त्यसैगरी ठाकुर नेतृत्वको लोकतान्त्रीक समाजवादी पार्टीले पनि सरकारमा सहभागीताका लागि प्रधानमन्त्री देउवा समक्ष इच्छा जाहेर गरेको छ। तर उनीहरुलाई सहभागी गराउने बारेमा पाँच दलिय गठबन्धनले निर्णय भने नगरेकाले उनीहरु तत्काल सहभागी हुने संभावना कम रहेको नेताहरुले बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार