आइतवार, आश्विन २५ गते २०८३

माधव नेपालको पार्टीले आफ्नो भावी योजना सार्वजनिक गर्दै

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो भावी योजना सार्वजनिक गर्दै छ। माधवकुमार नेपाल नेतृत्वको यो पार्टीले पत्रकार सम्मेलन गरेर नयाँ पार्टीले योजना सार्वजनिक गर्न लागेको हो।

साथै नयाँ पार्टीको काम कारबाही अघि बढाउन ५ सदस्यीय स्थायी कमिटी बनाइएको छ। स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रवेश हमाल रहेका छन्।

अन्य संरचना नबनेसम्म यही कमिटीले काम गर्ने छ। पत्रकार सम्मेलनपछि बैठक बसेर सरकारमा जाने विषयको निर्णय गर्ने सम्भावना छ। बुधबार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीलाई प्रक्रिया पूरा गरि दलको मान्यतासहित प्रमाणपत्र दिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार