शनिवार, आश्विन १७ गते २०८३

प्रज्ञा भवनमा आयोजक समितिको बैठकअघि माओवादी सचिवालय बैठक जारी

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । भोलि (बुधबार) हुन लागेको नौवटा वाम दलबीचको एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेदेखि  नै प्रज्ञा भवन कमलादीमा बैठक बस्ने तय भए पनि अझै बैठक सुरु हुन सकेको छैन् । आयोजक समितिको बैठकअघि अहिले प्रज्ञा भवनमै माओवादीको सचिवालयको बैठक बसिरहेको एक नेताले जानकारी दिएका छन् । उनले सचिवालयको बैठक सकिएलगत्तै आयोजक समितिको बैठक सुरु हुने बताएका छन् ।

आयोजक समितको बैठकका लागि नेताहरू प्रज्ञा भवनमा पुग्ने क्रम अहिले जारी रहेको छ । माओवादीको आजको बैठकमा नेताहरूलाई बोल्ने समय भने छुट्याइको छैन् । बैठक आजै सक्ने तयारी रहेको त्यी नेताले जानकारी दिएका छन् ।

माओवादी र एकीकृत समाजवादीसहतिका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित्र तीव्र विवाद छ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका नेता झलनाथ खनालसहितले एकताप्रति असहमती जनाउँदै आएका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा ४० वर्षे सहकार्य अन्त्य गर्ने निर्णय सुनाएका नेता शर्माले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार