काठमाडौं । प्रदेश नम्बर १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघी उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेताको रुपमा चयन गरेको थियो । उनले आजै मुख्यमन्त्रीको रुपमा सपथ लिने तयारी छ । बिहीबार विराटनगरको एक होटल बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन थिए ।