शनिवार, आश्विन १७ गते २०८३

आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन हुनेछ : प्रचण्ड

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरेका छन् ।

प्रचण्डले सम्भवतः १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने बताएका छन् । बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ । सम्भवतः १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक संघर्षबाट गुज्रेका नेताहरूबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ ।’ उनले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अविष्मरणीय ऐतिहासिक दिनका रुपमा अंकित भएको दाबी गरेका छन् ।

संयोजक प्रचण्डले भने,  ‘तपाईं हामी सबैका निम्ति यो गर्वको कुरा हो । यो दिन कसैले बिर्साएर अब इतिहासमा बिर्सने छैन् । यो खाली कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्रै ऐतिहासिक होइन ।’

उनले थपे, ‘यो नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन पनि हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार