आइतवार, श्रावण २४ गते २०८३

विश्वकप लिग–२ सिरिजमा नेपाल जितविहीन

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो हार भोग्दै आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएई भ्रमण सकाएको छ। 

युएईको घरेलु मैदानमा भएको अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको बुधबार भएको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४ विकेटले पराजित भएको हो। नेपाल यूएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो।

त्यस्तै अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले खेल पराजित भएको थियो।  आजको खेलमा नेपालले दिएको २ सय ४० रनको लक्ष्य युएईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार