लिगमा अपराजित रहेको सिटीले तीन खेलमा जित र एक खेलमा बराबरी गर्दै १० अंकमा तालिकाको चौथो स्थानमा छ। समान ४ खेलबाट ९ अंक भएको पेरिस सेन्ट जर्मेन भने एक स्थान तल झर्दै पाचौँ स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले क्लब ब्रुगसँग ३–३ को बराबरी गर्दै अंक बाँडेको छ। न्युक्यासलले एथलेटिको क्लबलाई २–० ले हराउँदा बायर लिभरकुसेनले बेन्फिाकालाई तथा एटलान्टाले मार्सेलीलाई समान १–० गोल अन्तरले पाखा लगाएका छन्।
चेल्सीले काराबागसँग २–२ को बराबरी गर्दै अंक बाँड्दा गालातासारेले अजाक्सलाई ३–० ले हराएको छ। अर्को खेलमा पाफोसले भिल्लारियललाई १–० गोलअन्तरले हराएको छ।