शनिवार, आश्विन १७ गते २०८३

सुदनले गृहमन्त्रीलाई प्रश्न गर्दै भने- निकोलस भुसाल पक्राउ पर्दा महेश बस्नेत किन परेनन् ?

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौँ । हाम्रो नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीमाथि असन्तुष्टि जनाएका छन् ।

गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नै पहलमा बनेको सरकारका गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरेका हुन् । उनले डा. कमल भुसाल (नकोलस) र नेकपा (एमाले) का नेता महेश बस्नेतको अभिव्यक्ति समान भए पनि ‘भुसाललाई पक्राउ गर्ने र बस्नेतलाई छोड्ने किन भयो ?’ भनेर प्रश्न गरेका छन् ।

‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू रु अनि किन निकोलस मात्रै पक्राउ परे रु कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो रु’, गुरुङले प्रश्न गरे ।

उनले आफ्नो अभिव्यक्तिलाई ‘बन्द कोठामा प्रश्न गर्दागर्दा थाकेर आएको अभिव्यक्ति’ भनेका छन् । ‘लाग्छ, आन्दोलन हार्दै छ’, उनले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार