कठमाडौँ । काठमाडौँ महानरपालिकाका मेयर बालेन शाहले जेनजीहरु माथि ठुलो घात गरेका छन् । गत भदौ २४ गते केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बालेन शाहले फेसबुकमा एक स्टाटस लेखे ।
उनले जेनजीहरुलाई भेनेका थिए,‘ प्रिय जेनजी, तपाईँहरुको हत्याराको राजीनामा आइसक्यो छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको हाम्रै सम्पदाको क्षति हो । तपाईँ हामी संयमित हुनु जरुरी छ । अब तपाईँकै पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । साथै , सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहनु होला । तर, याद रहोस्से-नासँग वार्ता गर्नुअगाडि संसद विघटन भएको हुनुपर्छ ।’
मेयर बालेनकै शर्तमा संसद विघटन गरेर फागनु २१ गते निर्वाचन घोषणा गरिएको छ । जेनजीले प्रधानमन्त्री बन्न आग्रह गर्दा गुपचुप भएका बालेन फागुन २१ गतेको निर्वाचनमा भाग लिएर देशलाई निकास दिनेछन् भन्ने आश जेनजीले गरेका थिए । चुनावमा बहुमत ल्याएर पाँच वर्ष बालेनले देशको नेतृत्व गर्ने जेनजीहरुको माग छ ।
किनकी जेनजीहरुले बालेनलाई नै आफूहरुको लिडर मानेका छन् । तर, बालेनले जेनजीमाथि ठुलो घात गरेका छन् । अर्थात बालेनले नत पार्टी खोल्ने भएका छन् । नत उनी चुनावमा भाग नै लिने छन् । यसअघि बालेन, कुलमान घिसिङ लगायतहरुबीच नयाँ पार्टी गठनबारे चर्चा भएको थियो । तर, बालेनले राजीनितक दल खोल्न अस्विकार गरेका हुन् ।
यसको मतलब ०८४ मा हुने निर्वाचन दुई वर्ष अगाडि गर्नको लागि मात्रै हुन जेनजीले सहिद हुनु परेको ? यसकै लागि हो देश जलेर ध्वस्त भएको ? यी प्रश्नको जवाफ बालेनले दिनुपर्छ । होइन भने जेनजीलाई उचालेर किन देश नै विध्वंश बनाएको ? हुन त बालेन कुनै पनी हालतमा ती प्रश्नको जवाफ दिदैँन । मयेरमा निर्वाचित भएदेखि उनी आफूमाथि उठेका प्रश्नबाट भाग्दै गएका छन् । उनी मध्यराति फेसबुकमा स्टाटस लेख्ने काम मात्रै गर्छन । खैर, बालेनको अधोगति देखेर कांग्रेस एमालेका नेताहरु भने खुसी भएका छन् ।