आइतवार, कार्तिक ९ गते २०८३

नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा सपथग्रहण

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले सपथ लिएका छन् । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता भीम आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराएका हुन् । नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य बिहिबारै मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि  प्रदेश प्रमुख प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाई दलको नेता चयन गरेको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार