दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले सबैभन्दा धेरै अविजित ३० रन बनाए । नेपालका लोकेश बमले दुई विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ६ ओभरमा ५८ रनमा अलआउट भयो । नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन बनाए । दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ला बेयुमी र ब्लेक डेभिड सिम्पसनले समान २ विकेट लिए ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।