आइतवार, श्रावण २४ गते २०८३

नेपाल यूएईसँग ४३ रनले पराजित भएसँगै हङकङ सिक्सेसको यात्रा पनि सकियो

आइतवार , कार्तिक २३, २०८२

काठमाडौँ । हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आइतबार बिहान भएको खेलमा नेपाल पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको छ ।

पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि १३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।

त्यसअघि यूएईले ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । नेपाल लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएपछि बाउल लिगमा पुगेको थियो । जसमा हिजो श्रीलङ्कासँग पराजित हुँदा नेपालले भारतलाई ९२ रनले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार