आइतवार, श्रावण २४ गते २०८३

अन्तर्राष्ट्रिय क्रिकेटबाट शरद भेषावकरले लिए सन्यास

आइतवार , कार्तिक २३, २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन् ।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो। उनले यस प्रतियोगिताअघि नै सन्यास लिने बताएका थिए। उनले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा नेपाली टोलीमा सदस्य थिए । ३७ वर्षीय शरदले नेपालबाट ४ एक दिवसीय र २० टी–२० आई खेल खेलेका छन् । एक दिवसीयमा ६६ रन र २ विकेट तथा टी–२० आईमा ३ सय २५ रन बनाएका छन् ।

हङकङ सिक्सेसमा भारतलाई हराएको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो। यूएईसँगको खेलपछि हङकङ सिक्सेसले उसको फेसबुक पेजमा शरदको बिदाइको भिडियो सार्वजनिक गरेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार