आइतवार, श्रावण २४ गते २०८३

कात्तिक ३ गतेदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटियो

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । कात्तिक ३ गतेदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ ।

५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु–छोरी हुन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले  खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरीरहेकोमा नभेटिएपछि पुनः कात्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको थियो ।

माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार