शनिवार, आश्विन १७ गते २०८३

अध्यक्ष ओली भन्छन्– प्रशासनले स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुस्

आइतवार , कार्तिक २३, २०८२

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन् । ओलीले भने, ‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन् । हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस्, स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुस् । संविधान भन्दा सिडिओको आदेश माथि हुँदैन ।’

उनले बंगलादेश र म्यानमारमा चुनावको मिति सार्दै अधिनायकवादी शासनलाई दीर्घकालीन बनाइएको जस्तै नेपालमा पनि सोही क्रम दोहोर्‍याउने प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ चुनाव गराउने भनेर घोषणा हुन्छ तर त्यसको मिति पटक–पटक सारिँदै जान्छ । म्यानमारमा ६ वर्ष भयो, चुनावको मिति सरेको छ । बंगलादेशमा पनि डेढ वर्ष भयो, अझै चुनाव हुन सकेको छैन् । अहिले नेपालमा पनि त्यही अनुभव दोहोर्याउन खोजिएको छ।’

उनले देशलाई पुनः द्वन्द्व, तनाव, पारस्परिक द्वेष र घृणातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । ओलीले चेतावनी दिए, ‘यो राष्ट्रका लागि अनिष्टकारी परिस्थिति हो, यसलाई दीर्घकालीन रूपमा रहन दिनु हुँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार