काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटका निकै अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।
मंसिर १ बाट सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको हो।
ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षे ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एकदिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी २० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन्। उनले सबैखाले ४४६ टी २० मा ५७० विकेट लिएका छन्।
उनी २०११ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजस“ग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । उक्त खेलमा उनले ४ विकेट लिएका थिए। ताहिरलाई समावेश गरेपछि जनकपुर बोल्ट्सले आफ्नो बलिङ विभाग अझ मजबुत भएको जनाएको छ।