काठमाडौं । बिहीबार नेपालमा २ हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ ।
संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएको ममन्त्रालयको तथ्याङ्क छ । पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै सोही अवधीमा २६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।