आइतवार, आश्विन २५ गते २०८३

निर्वाचन आयोगविरुद्ध एमाले अदालत किन जाँदै छ ?

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगविरुद्ध अदालतजाने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो । 

बैठकले सभामुख अग्नि सापकोटाको पनि विरोध गर्ने निर्णय गरेको छ । बैठकले एमाले छोडेर नयाँ दर्ता दल गरेकाहरूलाई निष्कासन गर्ने पनि निर्णय गरेको छ । तर, भुल सुधार गरेर आउनेलाई स्वागत गरिने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार