काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका अलराउन्डर गुल्बादिन नैबलाई अनुबन्ध गरेको छ।
लुम्बिनी लायन्सले आउँदो मंसिर १ गतेदेखि सुरू हुने एनपीएलको दोस्रो सिजनका लागि नैबलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। लुम्बिनीले यसअघि नै अस्ट्रेलियाका डार्शी सर्ट र इटालीका थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ।
३४ वर्षीय अलराउन्डर गुल्बादिन अफगानिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान समेत हुन्। उनको कप्तानीमा अफगानिस्तानले सन् २०१९ को एकदिवसीय विश्वकप खेलेको थियो। उनी दायाँ हाते ब्याटर र दायाँ हाते मिडियम पेस बलर हुन्।