काठमाडौँ । लामो रस्साकस्सीपछि ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले आफ्नै नेतृत्वमा पार्टी खोल्ने निर्णय गरेका छन् ।
घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेका हुन् । यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहनेछन् भने सरकारमा मन्त्री रहेकोले कुलमान भने तत्काल उज्यालो नेपाल पार्टीमा सक्रिय हुने छैनन्। कुलमान चुनाव अघि मात्रै पार्टीको नेतृत्व हाँक्ने तयारीमा छन् । त्यस अवधिसम्म सरकारमा उल्लेखनिय काम गर्ने सोच उनको छ ।
उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ । हिजोसम्म एकथरिले कुलमानलाई पार्टीको नाम उज्यालो नेपालभन्दा पनि नेपाल विकास दल, नेपाल जनसेवा पार्टी नाम राख्न आग्रह गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठले पनि कुलमानलाई पार्टीको नाम नेपाल जनसेवा पार्टी राख्न पटक पटक आग्रह गरेकी थिइन । तर, नेपाललाई लोडसेडिङ मुक्त गराउन भूमिका खेलेका कुलमानले पार्टीको नाम उज्यालो नेपाल राख्ने निष्कर्ष निकालेका हुन् ।
कुलमान सुरूदेखि नै उज्यालो नेपाल नाम राख्नुपर्ने मनशायमा थिए। लोडसेडिङ हटाएको र उज्यालो नेपाल ब्राण्ड रहेको भन्दै उक्त नाम नै राख्नुपर्ने कुलमानको जोड थियो । तर, सुमनाले उज्यालो नेपाल नाम राख्दा व्यक्तिकेन्द्रित पार्टीजस्तो हुने र त्यसले सामूहिकताको भावना ल्याउँदैन भन्दै नेपाल जनसेवा पार्टी राख्न आग्रह गरेकी थिइन ।
तर, कुलमानले सुमनाको आग्रहलाई मानेनन् । पार्टीको नाम नेपाल जनसेवा पार्टी नराखेपछि असन्तुष्ट बनेकी सुमनाले तत्कालका लागि कुलमानको साथ छाडेकी छन् । यीनै सुमनाले रास्वपाका सभापति रवि लामिछानेलाई पनि ठुलो धोका दिएकी थिइन् ।
रविले सुमनालाई ठुलो गुण लगाएका थिए । सुमनालाई रविले समानुपातिकबाट सांसद बनाएर शिक्षा मन्त्री बनाए । तर, रवि जेल गएपछि अनेक आरोप लगाउदै सुमनाले रास्वपा परित्याग गरेकी हुन् । रविपछि सुमनाले कुलमानलाई पनि धोका दिएकी छन् ।