शनिवार, आश्विन १७ गते २०८३

मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक यस्ता छन् निर्णयहरु (सूचीसहित)

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने 30th Partnership Summit, 2025 मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरलेले जानकारी दिएका छन् ।

581893947_1006009891706868_6713242654750369269_n

579255448_843142588120953_6676478863976965999_n

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका निर्णयहरू समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार