आइतवार, श्रावण २४ गते २०८३

मन्त्रिपरिषद् निर्णयः विद्युत प्रसारणलाइनका लागि दायाँ–बायाँ रुख रोप्न निषेध

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।

एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँमा पर्ने करिव १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउनेगरी निषेध गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार