काठमाडौँ । जनकपुरधामा जारी सात दलको आन्दोलनक्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ ।
मधेश भवनभित्र पुगेका प्रदेश सांसदहरू प्रहरीको कुटाइबाट घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने प्रयासमा भएको लाठी चार्जमा परेर नेपाली कांग्रेस मधेश प्रदेश सभा सचेतक कुँवरकान्त झा र जनमतका सांसद सञ्जय यादव घाइते भएका छन् ।
अन्य सांसदहरू पनि घाइते भएको पाइएको छ । थप विवरण आउन बाँकी छ ।