वार्तापछि दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी उनले दिएका छन्। आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतले कात्तिक २० देखि मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका थिए।
मंगलबार राति भएको सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरू, बाढीपीडित संघर्ष समिति, स्थानीय भेण्डर तथा भाडावालजस्ता विभिन्न सरोकारवालाबाट समय-समयमा राखिएका माग सम्बोधन गरिनेछन्।