शनिवार, आश्विन १७ गते २०८३

प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा गरे

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा गरेका हुन् । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावलले यसअघि नै सात बुँदे सहमति गरेका थिए ।

सहमति पत्रमा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।

हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार