मंगलवार, आश्विन १३ गते २०८३

भारतका प्रियाङ्कले कर्णाली याक्सबाट खेल्ने

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौँ । कर्णाली याक्स स्पोट्स प्रा.लीले भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ। दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्र्याएको हो।

कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन्।

यसअघि कर्णाली याक्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलो पटक कर्णाली याक्सबाट एनपिएल खेल्दै छन्। ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए।

३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। १२७ खेलमा आठ हजार ८ सय ५६६ रन बनाएका छन्। जसमा २९ शतक र ३४ अर्धशतक छन्।

यस्तै, लिस्ट एमा ९७ खेल खेल्दा ८ सतकसहित ३ हजार ६ सय ७२ रन बनाएका हुन्। टी-२० तर्फ ५९ खेलमा ९ अर्धशतकसहित १ हजार ५ सय २२ रन बनाएका छन्। यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटल याक एन्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार