जिब्रो पाँच ज्ञानेन्द्री यमध्येको एक हो । जिब्रोको काम शब्दको ऊच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्टयाऊने मात्र होइन। जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ।
तपाईं उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको कुरा सुन्दै नोट गर्छ। त्यसपछि परिक्षणको लागि मुख बाउन लगाउँछ र जिब्रो बाहिर निकाल्न भन्छ। अनि टर्च लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छ टाउको, पेट दुखेको होस् या शरिरमा अन्य समस्या नै किन नहोस। चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैन।
स्वास्थ्य सम्बन्धी धेरै समस्याको संकेत गर्छ जिब्रोले। जिब्रोको रंग र छालाका आधारमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ। डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो।
डाक्टरहरु जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन्।
कस्तो अवस्थामा जिब्रोले के शंकेत गरिरहेको हुन्छ ?
स्वस्थ जिब्रो: स्वस्थ जिब्रो हल्का गुलाबी, नरम हुन्छ र दागधब्बा पनि हुँदैन।
जिब्रो सेतो हुनु: जिब्रोमा बाक्लो सेतो रंग हुनु अपच, एसिडटी र कमजोरीको संकेत हो।
पहेंलो हुनु: जिब्रो पहेंलो हुनु चिसो, भाइरल संक्रमणको संकेत हो। त्यस्तै आन्द्रामा समस्या र अपचको समस्याको संकेत पनि हो।
जिब्रो अघिल्लो भाग रातो हुनु: शरीरमा कमजोरी र मानसिक समस्याको संकेत हो।
जिब्रो दुवै किनारामा रातो हुनु: यो पेटसम्बन्धि समस्याको संकेत हो।
जिब्रोमा सेतो दाग: यस्तो हुनु शरीरमा धेरै किसिमको संक्रमणको संकेत हो। यो धेरै पसिना आउने संकेत पनि हो।
चम्किलो रातो जिब्रो: रातो जिब्रो हुनु ज्वरो, रगतमा संक्रमणको समस्याको संकेत हो। भित्री घाउ वा संक्रमण पनि हुन सक्छ।
हल्का पहेँलो: रगतको कमी, पोलियो, कमजोरी, आन्द्रा सुन्निएको, निद्रा नपुग्नु र थकानको संकेत हो।
बैगुनी–निलो जिब्रो: भिटामिन बि –२ को कमी, शरीरमा दुख्नु वा सुन्निु, महिलाहरुमा महिनावारीको समयमा पेट दुख्नु आदिको संकेत गर्छ। औषधीको असर पनि हुनसक्छ। यस्ता कुनै पनि समस्या देखिएमा नजिकैको स्वास्थ्य चौकीमा गई परामर्श लुनुहोला।