आइतवार, श्रावण २४ गते २०८३

अन्तरिम सरकारको साथमा नयाँ आईजीपी दानबहादुर, प्रहरीमा छायो खुसियाली, यसकारण भक्कानिए...

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौँ । नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका दानबहादुर कार्कीले अन्तरिम सरकारलाई सहयोग गर्ने बताएका छन् । यसभन्दा अघिका आईजीपी चन्द्र कुवेर खापुङले सरकारलाई टेरेका थिएनन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी नेतृत्वले असहयोग गरेको गुनासो समेत गरेका थिए । यसैबीच नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गर्नुमा प्रधानमन्त्री सुशीला कार्कीको भूमिका छ ।

दानबहादुर कार्कीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए । तर, प्रधानन्त्री कार्कीको रोजाईमा दानबहादुर परेका हुन् । त्यसैले पनि होला दानबहादुरले अन्तरिम सरकारलाई सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार आईजीपीको पदभार ग्रहणपछि गृहमन्त्रालयमा आयोजित समारोहमा सम्बोधन गर्ने क्रममा दानबहादुर भक्कानिए । उनी भक्कानिएको देख्नेहरुको आँखामा पनि आशु झर्यो । सम्बोधन गर्ने बेलामा बोल्न खोज्दा पनि उनको मुखबाट कुनै शब्द निस्किएन । भक्कानिएका दानबहादुरले आशु पुछे र स्वर कमाईकमाई सम्बोधनलाई अगाडि बढाएका थिए । राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति पाएका योद्धाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा उनी भक्कानिएका हुन् ।

यसबाटै प्रष्ट हुन्छ– दानबहादुर देश र जनताप्रति निकै जिम्मेवार छन् । उनले आफू रातदिन देश र जनताका लागि काम गर्न मैदानमा खटिनेसमेत बताएका छन्। नेपाल प्रहरीको नयाँ आईजीपीमा दानबहादुर आएसँगै अन्तरिम सरकारलाई पनि निकै राहत मिलेको छ । यसभन्दा अघिका आइजीपी चन्द्र कुवेरले सरकारलाई टेरेका थिएनन् । उनले गृहमन्त्रीको आदेशलाई समेत इन्कार गरेका थिए । तर, अब अन्तरिम सरकारलाई निकै सहज हुने देखिन्छ । त्यस्तै कार्कीले प्रहरीको मनोबल बढाउने समेत बताएपछि प्रहरीमा खुसियाली छाएको छ ।  

गुल्मीको मालिका गाउँपालिका–७, घमिरमा वि.सं. २०२९ साउन १५ गते जन्मिएका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए । कडा परिश्रम र आफ्नो काममा देखाएको इमान्दारिताले नै कार्की आईजीपी बन्न सफल भएका हुन् ।  यसअघि एआईजी भएर काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखको जिम्मेवारीमा रहेका कार्कीले अब देशभरका करिब ८० हजार प्रहरीको कमान्ड सम्हाल्दै छन् । 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार