आइतवार, श्रावण २४ गते २०८३

लुम्बिनी लायन्सले भित्र्यायो नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान

शनिवार , कार्तिक २९, २०८२

काठमाडौँ । मंसिर १ देखि सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल्न लुम्बिनी लायन्सले नामिबियाका जेजे (जोहानेस जोनाथान) स्मिथ र रुबेन ट्रम्पलम्यानलाई आफ्नो क्लबमा भित्र्याएको छ। 

यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको लुम्बिनी लायन्सले चौथो र पाँचौँ खेलाडीका रूपमा उनीहरूलाई क्लबमा आबद्ध गराएको हो। 

लुम्बिनीले यसअघि अस्ट्रेलियका ब्याटर डार्सी सर्ट इटलीका पेस बलर थोमस ड्राका र अफगानिस्तानका अलराउन्डर गुल्बादिन नहबलाई अनुबन्ध गरिसकेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार