यस वर्षको एनपीएलमा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच हुनेछ ।यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउनेछन् । उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्नेले १५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।
एनपीएललाई नियमित रूपमा व्यावसायिक लीगका रूपमा अघि बढाउने लक्ष्यसहित क्यानले यसपटक प्रतियोगिता आयोजना गरेको छ ।