आइतवार, श्रावण २४ गते २०८३

भोलिदेखि एनपीएल सुरु हुँदै, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै, खेल घरमै बसेर हेर्न क्यानको आग्रह

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि सुरु हुने भएको छ । उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ। 

क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका हुन्। खड्काले भनेका छन्, ‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।’

एनपीएलका टिकट खल्ती मार्फत बिक्री भइरहेको छ। क्यानले आठ हजार मात्रै टिकट बिक्री गर्न दिएको छ। करीब दुई हजार जति टिकट खेलाडीका परिवारजन, आयोजक र प्रायोजकका लागि राखेको छ। 

उद्घाटन खेलको टिकट शुक्रबार खुला गरिएको थियो। केही घण्टामै सबै टिकट बिक्री भएका थिए। एनपीएलमा साधारण टिकटको मूल्य उद्घाटन खेल र अन्य दिनको खेलका लागि पाँच सय रुपैयाँ तोकिएको छ। प्ले अफ र फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ। 

त्यस्तै, प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारका लागि एक हजार पाँच सय तोकिएको छ। अन्य दिनको खेल हेर्न भने प्रिमियर टिकटको मूल्य एक हजार रुपैयाँ रहेको छ। प्ले अफ र फाइनल खेलमा भने प्रिमियर टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ। 

उद्घाटन खेलका लागि साधारणसँगै प्रिमियर टिकट सबै बिक्री भइसकेको क्यानका महासचिव खड्काले बताए। त्यसैले टिकट नपाएका खेलप्रेमीलाई घरमै बसेर खेल हेर्न आग्रह गरेका छन्।  उद्घाटन खेलमा जनकपुर बोल्टस् र काठमाडौँ गोर्खाजबीच भिडन्त हुने भएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार