आइतवार, श्रावण २४ गते २०८३

उत्तर प्रदेश : ढुंगा खानीमा पर्खाल भत्किँदा कम्तीमा १० जना पुरिएको आशंका, उद्धार प्रयास जारी

आइतवार , कार्तिक ३०, २०८२

उत्तर प्रदेशको सोनभद्रमा रहेको ढुंगा खानीमा पर्खाल भत्किँदा धेरै मानिस पुरिएका छन्। सोनभद्र जिल्ला मजिस्ट्रेट (डीएम) ले उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्। 

खानीमा फसेका मानिसहरूको संख्या र हताहतको संख्याबारे सोध्दा जिल्ला मजिस्ट्रेटले अहिले कुनै स्पष्ट जानकारी नभएको बताए।समाचार एजेन्सी पीटीआईका अनुसार खानीमा लगभग १० जना फसेका छन्। एएनआईले भने खानीमा लगभग १५ जना फसेको उल्लेख गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार