काठमाडौं। झण्डै डेढ दशकदेखि लोक गायनमा सक्रिय प्रख्यात गायिका विष्णु माझी आजसम्म एकपटक पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने चर्चा चल्न थालेको लामो समय भयो। यो चर्चा सत्यसँग नजिक छ वा छैन भन्नेचाहिँ आजसम्म रहस्यमै छ।
अहिलेकी नम्बर १ लोकगायिका मानिने विष्णु रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी छन्। उनीसँग एउटा मोवाइल पनि छैन। गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन्। घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन्। स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन्।
सामाजिक सञ्जालमा उनको नामोनिशान छैन। आजसम्म एकचोटि पनि सञ्चारमाध्यममा आएकी छैनन् उनी। काठमाडौंमा उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन। थाहा हुनेहरु पनि बताउन चाहँदैनन्।
स्याङ्जास्थित माइतीघरमा पनि उनी नपुगेको धेरै भइसकेको बताइन्छ। तर जब जब उनका गीत हिट हुन्छ तब तब उनको सार्वजनिक्ताको विषय उठान हुन्छ। चर्को चर्को आवाजमा विष्णुलाई सार्वजनिक गर्न माग गरिन्छ। यसअघि पनि यस्तो नभएको होईन। प्रशासनले समेत उनलाई सार्वजनिक गर्न सकेन्।
विष्णुको विषयलाई लिएर सामाजिक सञ्जालमा एक खालको बहष छेडिएको छ। उनले पछिल्लो समय स्वर दिएको ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भएपछि धेरैले उनलाई सार्वजनिक गर्नु पर्ने बताउदै आएका छन्। केहिले उनैले गाएको गीत जस्तै उनी जेलमा परेको आशंका गर्दैै उनी सार्वजनिक हुनु पर्ने बताउँदै आएका भने, केहिले उनको व्यक्तिगत जिवन भएकाले त्यो आफैले निर्णय गर्नुपर्ने र यस्ता खालका दवावको कुनै तुक नभएको बताउँदै आएका छन्।
आम मानिसले सके विष्णु माझी, नभए उनको सम्पर्कमा रहेका व्यक्तिले के बुझेका छन् भन्ने चाहेका छन्। यसै विषयमा पुराना एवम चर्चित लोकदोहोरि गायक भगवान भण्डारीले पनि केहि बोलेका छन्।
सामाजकि सञ्जालमा उनले विष्णु माझी आफ्नै ईच्छाले सार्वजनिक नभएको धारणा व्यक्त गरेका छन्। ‘हामी एउटै गाउॅंको भएकोले धेरै जनाले बिष्णु माझीको बारेमा केहि बोल्नु पर्यो भन्नु भएको छ। हाम्रो घर एकै ठाउॅं, स्याङ्जा चापाकोट वार्ड नॅं. ८ काली गण्डकीको किनारमा पर्छ। म गाउॅंमा हुँदा विष्णु अलि सानै थिईन्। यीनक बुवा तारा बोटेसँग राम्रो हेलमेल थियो। मैले दाई भन्थे।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
गायक भण्डारीले विष्णुका बुवाले पनि निकै मिठो गीत गाउने उल्लेख गरेका छन्। ‘उनको बुवाले पनि निकै मिठा गीत गाउनुहुन्थ्यो। ‘जिस्काएर’, ‘तारा बोटे बाटैमा’, ‘लोटे’, ‘टोपी खस्यो टिपिदेउ’, ‘चाउकोटे’ भनेर दोहोरीमा उत्तर दिंदा मज्जाले हाँस्नुहुन्थ्यो।’ उनले लेखेका छन्।
भण्डारीले विष्णुको स्वभाव पहिले देखिनै लजाउने र काम नपरि घर बाहिर ननिस्कने पनि खुलाएका छन्। ‘पछि म काठमाडौंबाट फर्केर गाउॅंमा चाँडवाडमा रोधि बस्दा पछाडी बसेर सलले मुख छोपेर गीत गाउॅंथिन्। त्यति खुलेर कसैसॅंग बोल्दिनथिन्। निकै लाज मान्थिन्। साथिहरूले कर गरेपछि मात्रै घरबाहिर निस्किने यिनको स्वभाब थियो। कतै कार्यक्रममा बोलाए पनि जान्नथिन्। गाउॅंमा हुने प्रतियोगिताहरूमा पनि भाग लिएको देखिन्थेन।’ उनले अगाडी लेकेका छन् ‘त्यसैले मेरो बिचारमा अहिले उनि जे जसरी छिन्, आफ्नै स्वाभाव र इच्छाको कारण हो जस्तो लाग्छ।’