आइतवार, श्रावण २४ गते २०८३

पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन्।  

काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौता बदनीयत देखिएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ। 

अनुसन्धानका क्रममा ट्रस्टका पूर्वसचिव कार्कीको पनि संलग्नता देखिएको भन्दै सीआईबीले पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी लिजमा दिने कार्य गरेको सीआईबीको दाबी छ। 

निर्माण अवधि ३ वर्षसहित ३० वर्षको लागि लिजमा दिने सम्झौता गर्दा नेपाल ट्रष्टको कार्यालयलाई दिर्घकालिन हानी नोक्सानी पुर्‍याएको आरोप छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार