आइतवार, श्रावण २४ गते २०८३

भोलिदेखि एनपीएल सुरु, विश्वको ध्यान नेपालतिर, विदेशी र नेपाली खेलाडीले धमाका मच्चाउने

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । जब नेपाली क्रिकेटर खेलाडीहरु आठ टिममा विभाजित भएर टियू मैदानमा चौका र छक्का प्रहार गर्छन् । त्यसबेला गर्बले छाति चौडा हुन्छ । विश्व क्रिकेटदेखि आइपीएलमा धमाका मच्चाएका विदेशी खेलाडीले नेपाली माटोलाई सलाम गर्दै मैदानमा उत्रिएर नेपाली खेलाडीको कप्तानीमा आफ्नो खेल देखाउँछन् । त्यसबेला झनै गर्बले छाति चौडा हुन्छ । 

विश्व क्रिकेटमा तहल्का मच्चाएका विदेशी खेलाडीसम्मलाई यसपटक घरेलु मैदानमा नै नेपाली समर्थकले देख्न पाउने छन् । जसमा साउथ अफ्रिकाका चर्चित खेलाडी फाफ डुप्लेसीनदेखि विश्वविजेता इंल्याण्डका जेसन रोय, अष्ट्रेलियन क्रिस लिनले टियू मैदानमा तहल्का पिट्नेछन् । साथै न्युजिल्यान्डका मार्टिन गप्टिल, जेम्स निशम विश्वविजेता पाकिस्तानी खेलाडी सोहिल तनवीर जस्ता चर्चित विदेशी खेलाडी पनि टियू मैदानमा उत्रिने छन् ।  

पहिलो संस्करण भन्दा एनपीएलको दोस्रो संस्करण अझै भव्य हुने भएको छ । एकातर्फ विश्वचर्चित विदेशी खेलाडि आएका छन् । भने अर्कोतर्फ टियू क्रिकेट मैदानको स्वरुप नै परिवर्तन भएको छ ।  क्यानले पहिलोपटक फ्लडलाइट मुनी एनपीएलका खेलहरू खेलाउने भएको छ । टियू मैदान पुनर्निर्माणपछि प्राप्त नयाँ रूपले झन उत्यासहित छन् , क्रिकेट प्रेमी । 

करिब ४५ देखि ५५ मिटर अग्ला आधुनिक फ्लडलाइट जडान भएसँगै यस वर्ष रात्रि खेल आयोजना हुने भएको छ ।  १० हजार दर्शक अट्ने व्यवस्थित प्याराफिट, आकर्षक रङ संयोजनका कुर्सीमा दर्शक बस्ने छन् । अघिल्लो वर्षको एनपीएल धुलोमै बसेर, छाता ओढेर र रुखको टुप्पोमा चढेर खेल हेर्न बाध्य भएका दर्शकहरू अब टिकट काटेर आकर्षक कुर्सीमा बसेर खेल हेर्नेछन् । भोलि मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटनको पहिलो खेल नै रात्रीकालमा हुने भएको छ । ४ बजेदेखि सुरु हुने दोस्रो संस्करणको उद्घाटन खेलमा  जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच भिडन्त हुनेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार