यसले विशेष गरी ढाकामा तनाव बढाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दामा अदालतले फैसला सुनाउन लागेका बेला हिंसा भड्किएको हो।
अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले हसिनाविरुद्धको मुद्दामा सोमबार फैसला सुनाउँदै छ। फैसला हुनुभन्दा अगाडि बंगलादेशको अन्तरिम सरकारले देशभर सुरक्षा बललाई उच्च सतर्कतामा राखेको छ। सरकारले प्रदर्शनकारीहरूलाई गोली हान्न आदेश दिएको छ।
फैसला गरिनु अघिल्लो दिन आइतबार राति शेख हसिनाले सामाजिक सञ्जालमा अडिओ सन्देश जारी गर्दै आफ्नो दल अवामी लिग पार्टीका समर्थकहरूलाई सरकारी प्रतिबन्धका बाबजुद विरोध प्रदर्शन जारी राख्न आग्रह गरेकी छन्।