आइतवार, श्रावण २४ गते २०८३

एनपीएलको उद्घाटन २ बजे, यस्तो छ जनकपुर र काठमाडौँको सम्भावित प्लेइङ-११

सोमवार , मंसिर १, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सोमबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुँदैछ । प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ ।

मंसिर २७ गतेसम्म चल्ने हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

जनकपुर र काठमाडौँको सम्भावित प्लेइङ–११

जनकपुरको टोलीमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, जान निकोल लोफ्टी इटोन, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, इमरान ताहिर, तुलबहादुर थापामगर, मयन यादव, आदित्य मेहता, विकास अग्री, सचिन भट्ट, लाहिरु मिलान्था, वायने पार्नेल र सञ्जय कृष्णमुर्ती छन्।

त्यस्तै काठमाडौँमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल छन्।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार