आइतवार, श्रावण २४ गते २०८३

कीर्तिपुरमा एनपीएलको रौनक, दोस्रो संस्करण केही बेरमा सुरु हुँदै

सोमवार , मंसिर १, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण केही बेरमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ । पहिलो खेल हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ । क्रिकेट  मैदानमा दर्शकदीर्घाले भरिँदैछ । साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ ।

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमुनि खेल हुँदैछ । गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् । गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्‍याउने लक्ष्यमा जनकपुर हुनेछ ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार