काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको हो । जनकपुरका लागि आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए । उनले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५४ रन बनाएका छन् ।
त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाएका छन् । अन्यले भने दोहोरो अंक समेत जोड्न सकेनन् ।
काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक–एक विकेट लिएका छन् ।