जनकपुरका लागि अनिल साह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ती, किशोर महतो र जान निकोल लफ्टी-इटोनले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी-इटोन र सञ्जय कृषिमूर्तीले दुई-दुई विकेट लिए।
काठमाडौँका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक-एक विकेट लिए। मंगलबार दुई वटा खेल हुनेछन्। पहिलो खेलमा बिहान ११ः४५ बजे चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।