आइतवार, श्रावण २४ गते २०८३

कर्णालीसँगको प्रतिस्पर्धात्मक खेलमा चितवन चार विकेटले विजयी

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । कर्णाली याक्ससँगको रोमाञ्चक खेलमा चितवन राइनोज विजयी भएको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो । कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको हो । चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैब जैबले ३८, कुशल मल्लले २० रन बनाएका थिए ।

कर्णालीका लागि सोमपाल कामीले दुई, उनिस सिंह र युवराज खत्रीले एक–एक विकेट लिए । यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पञ्चालले ९०, पवन सर्राफले २७, म्याक्स उडले २० र मार्क वाटले १६ रन बनाएको थियो ।

चितवनका लागि सोहैल तनविर, सैफ जैब र रवि बोपाराले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार