आइतवार, श्रावण २४ गते २०८३

एनपीएल सिजन–२– पोखरा एभेन्जर्सले टस जितेर पहले फिल्डिङ रोज्यो

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि विराटनगर सुपर किंग्सलाई ब्याटिङका लागि निम्तो दिएका हुन् । आजको खेलमा दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगरको ब्याटिङ लाइनअप बलियो मानिन्छ भने पोखरा आफ्नो सन्तुलित बलिङ आक्रमणको भरमा विराटनगरलाई सानो स्कोरमा रोक्न चाहन्छ ।

विराटनगरको टोली : सन्दीप लामिछाने, प्रतिश जीसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रजाने, हेनरी जर्ज, मार्टिन गप्टील, मर्चेन्ट डि लाङगे ।

पोखराको टोली : कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविशेक तिवारी, आकाश चन्द, तिर्थराज दास, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम, म्याट टेलर ।

खेल सुरु भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार