काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को आज काठमाडौं गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । काठमाडौंले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जेरहार्ड इरसमसको ठाउँमा सन्नी पटेल सुरुवाती ११ मा आएका छन् । काठमाडौं विरुद्ध खेल्दै सुदुरपश्चिम एनपीएलको सुरुवात गर्दै छ । काठमाडौं भने लगातार दोस्रो जितको खोजीमा छ ।
काठमाडौंको टोली : करण केसी (कप्तान), शाहब आलम, भीम सार्की, रसिद खान, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन, सन्नी पटेल ।
सुदूरपश्चिमको टोली : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, नरेन साउँद, ईशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन, हरमित सिंह ।