आइतवार, श्रावण २४ गते २०८३

सुदूरपश्चिम रोयल्सले दियो काठमाडौं गोर्खाजलाइ १४८ रनको लक्ष्य

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोएल्सले काठमाडौं गोर्खाजसामू १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो । सुदूरपश्चिमका लागि हरमित सिंहले विष्फोटक पारी खेलेका छन् । हरमितले मात्र १९ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ५३ रनको योगदान गरेका छन् ।

७२ रन जोड्दा ६ विकेट गुमाएको स्थिति सम्हाल्दै हरमितले कप्तान दीपेन्द्रसिंह ऐरीसँग सातौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

ऐरी ३९ रनमा रसिद खानको बलमा क्याच आउट भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार