आइतवार, श्रावण २४ गते २०८३

एनपीएल : आज चितवन र लुम्बिनीबीच भिडन्त हुने

बिहिवार , मंसिर ४, २०८२

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।

लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै लिडर रोहितकुमार पौडेल हुन् भने चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ।

कप्तान पौडेलसहित ६ खेलाडी रिटेन गरेको लुम्बिनी यसपटक अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ।

दुई विदेशीसहित १० खेलाडी यस पटक पनि चितवनबाटै खेल्दैछन्। गत संस्करणमा सर्वोत्कृष्ट खेलाडी बनेका इङ्ल्याण्डका ब्याटिङ अलराउण्डर सैफ अली जैबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार