आइतवार, कार्तिक ९ गते २०८३

हुप्सेकोटमा पहिरोमा परी तीनजना बेपत्ता

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं। नवलपरासीमा पहिरोमा परी ३ जना वेपत्ता भएका छन्। एकजनाको उद्धार गरिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट-४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ।

बिहीबार राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पुरेको हो। पहिरोमा हस्तबहादुर पनि पुरिएका थिए। उनलाई भने स्थानीयले तत्काल उद्धार गरी उपचारका लागी अस्पताल लगिएको छ। पहिरोमा बेपत्ता भएकाहरुको स्थानीयसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली ले खोजी गरीरहेको जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार