आइतवार, श्रावण २४ गते २०८३

एनपीएल सिजन–२– लुम्बिनी लायन्सले टस जितेर पहले फिल्डिङ रोज्यो

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् । चितवनले ब्याटिङको निम्तो पाएको छ । एनपीएलको ‘डे–नाइट’मा टस जित्ने कप्तानले फिल्डिङ रोज्दै आएका छन् । अघिल्लो खेलको टोलीमा चितवनले एक खेलाडी परिवर्तन गरेको छ ।

विपिन आचार्यको स्थानमा अमरसिंह राउटेला सुरुवाति ११ मा परेका छन् । ट्यालेन्ट हन्टबाट आएका लुम्बिनीका समिर अलीले एनपीएलमा डेब्यु गर्दै छन् । लुम्बिनीको यो पहिलो खेल हो ।

लुम्बिनी लायन्स : रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नैब, रुबेन ट्रम्पल म्यान, जोनाथन स्मिथ, समिर अली ।

चितवन राइनोज : कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउँद, अमरसिंह रौटेला, दिपक बोहरा, कमलसिंह ऐरि, डेबिड मलान, रबि बोपारा, सैफ जैब, सोहेल तनवीर ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार