आइतवार, श्रावण २४ गते २०८३

चितवन राइनोजले दियो लुम्बिनी लायन्सलाइ १४३ रनको मध्यम लक्ष्य

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो । रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका छन् । बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्काको मदतमा सर्वाधिक ६६ रन बनाएका छन् ।

अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रन जोडेका छन् । सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाएर आउट भएका थिए ।

बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका छन् । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिएका छन् । गुल्बदिन नइबले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार