आइतवार, श्रावण २४ गते २०८३

चितवनलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात

बिहिवार , मंसिर ४, २०८२

काठमाडौँ । चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो। चितवनले भने एनपीएलको दोस्रो खेलमा पहिलो हार व्यहोरेको छ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो। अघिल्लो सिजन लुम्बिनीले एक खेलमा मात्र जित निकाल्दा चितवनलाई नै ३३ रनले पराजित गरेको थियो

चितवनले दिएको एक सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुल्बदिन नैबले ६० रनको साझेदारी गरेपछि लुम्बिनीले सहज जित निकालेको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार