काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलपछि पहिलो पटक एमालेलाई धक्का लागेको छ । मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बुधबार बिहानै नेकपा एमालेका नेता शंकर पोखरेल र महेश बस्नेत लगाएका नेताहरु त्रिभुवन विमान स्थल पुगे ।
तर, बाराका जेनजीहरुले एमालेका नेताहरु बारा आउने सुचना मंगलबार साँझ नै पाएका थिए । उनिहरुले एमालेका नेताहरुलाई बारामा पाइला टेक्न नदिने भन्दै बुधबार बिहानै बाराको सिमरा विमान स्थल पुगे । जेनजीहरु त्यहाँ पुग्दा नेकपा एमालेका कार्यकर्ताहरु पनि काठमाडौँबाट आउन लागेका नेताहरुको स्वागतका लागि फुलमाला लिएर पुगेका थिए । र, विमानस्थलबाहिर जेनजी र एमालेका कार्यकर्ताहरुको जम्काभेट भयो ।
त्यसपछि एमालेबाट निर्वाचित वडाअध्यक्ष र स्थानीय नेताहरुले सिमरा विमानस्थल नजिक पुगेका जेनजीहरुसँग वार्ता गरिरहेका थिए । उनीहरुले आज हाम्रो नेता आइरहेकाले विरोध नगर्नुहोस्, तपाईहरुले विरोध प्रदर्शन गरिसक्नुभएको छ । अब विरोध नगुर्नहोस् भन्दै जेनजीहरुलाई सम्झाउन खोजिरहेका थिए । तर, त्यही भिडबाट एक जना एमालेका कार्यकर्ताले एकाएक जेनजी युवाको मुखैमा मुक्का प्रहार गरे ।
त्यसपछि उनले त्यहाँ जो—जो अगाडि भेटिन्छन् उनीहरुमाथि मुक्का प्रहार गर्छन । मुक्का हान्ने व्यक्ति हुन्—एमाले युवा संघका स्थानीय नेता अरविन्द साह । साहले जेनजीमाथि अचानक कुटपिट गरेपछि अवस्था तनावपूर्ण बन्यो । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा अवस्था झनै तनावपूर्ण बन्यो । जेनजीहरुले विमानस्थलनै कब्जा गर्न खोजेका थिए । प्रहरीले जेनजीलाई कुटेको आरोपमा दुई जना वडाअध्यक्ष समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन्। जेनजी युवाहरुले उक्त प्रदर्शन आज पनि जारी राखेका थिए । साहलाई पक्राउ गरेर सिमरा चोकमा नल्याएसम्म आन्दोलन नरोक्ने जेनजीहरु चेतावनी छ । सिमरामा आन्दोलन चिर्कनुको पछाडि एमालेको नै हात छ ।
जेनजी आन्दोलनपछि अन्य दलका नेताहरुले सुर्धिने बाचा गरिरहँदा एमालेका अध्यक्ष केपी शर्मा ओली र बस्नेत झनै उग्र अभिव्यक्ति दिदैँ हिडिरहेका छन् । बस्नेतले जेनजीलाई धम्क्याउनेदेखि अन्तरिम सरकारलाई समेत चेतावनी दिने गरेका छन् । बस्नेतले जेनजीहरुलाई गुण्डुमा आउन चुनौति दिएको जवाफमा बाराका जेनजीहरुले सिमरामा पाइला टेक्न दिएनन् । सिमराको घटनाबाट पाठ सिक्दै एमालेका नेताहरुले आफ्नो बोलीमा लगाम लगाउन पर्छ । होइन भने आगामि दिनमा अवस्था झन तनावपूर्ण बन्नबाट कसैले रोक्न सक्ने छैन ।